कोशी, बागमती, गण्डकी र कर्णालीको पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

कोशी, बागमती, गण्डकी र कर्णालीको पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

काठमाडौं : आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मौसम साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसकारण बिहीबार पनि पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू तथा बागमती, गण्डकी र कर्णाली  प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। आज लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ।

६ बैशाख, २०८१, ०७:१८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।