गुजरातमाथि दिल्लीको शानदार जित

गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ६ विकेटले पराजित गरेको छ।

गुजरातले दिएको ९० रनको सामान्य लक्ष्य दिल्लीले ६७ बल बाँकी रहँदा ४ विकेट गुमाएर भेट्यायो।

दिल्लीका लागि ज्याक फ्रासेर म्याकगुर्कले २० रन, साइ होप १९, अभिषेक पोरेलले १५ रन बनाउँदा कप्तान रिऋभ पन्त १६ रन जोडे।

गुजरातका लागि सुदीप वारियर २, स्पेसर जोन्सन र रसिद खानले समान १ विकेट लिएका थिए।

त्यसअघि ब्याटिङ गरेको गुजरातका लागि रसिद खानको सर्वाधिक ३२ रनको मद्दतमा ८९ रन मात्र बनाउन सक्यो।

दिल्लीका लागि मुकेश कुमारले तीन, इशान्त शर्मा र ट्रिस्टन स्टुबले समान दुई-दुई विकेट लिँदा खलिल अहमद र अक्षर पटेलले समान एक-एक विकेट लिए।

सात खेलमा समान ६ अंकसहित दिल्ली छैटौं र गुजराज सातौं स्थानमा छन्। शीर्षस्थानको राजस्थान रोयल्सको १२ अंक छ।

६ बैशाख, २०८१, ०७:१४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।