आईपीएल : रोहितले शतक बनाए, तर मुम्बई चेन्नईसँग पराजित

आईपीएल : रोहितले शतक बनाए, तर मुम्बई चेन्नईसँग पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई चेन्नई सुपर किंग्सले २० रनले पराजित गरेको छ।

२ सय ७ रनको लक्ष्यको पछ्याएको मुम्बईले नटआउट रोहित शर्माको शतकका बावजुद २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रन मात्र बनाउन सक्यो।

रोहित र इशान शर्माले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्दै मजबुद सुरुवात गरेका थिए।

इशान २३ रन बनाएर आउट भएपछि मुम्बईको लय बिग्रिएको थियो। सूर्यकुमार यादवले खाता खोल्न सकेनन् भने तिलक वर्माले ३१ रन जोड्दै टोलाई केहि आशा दिलाए। तर, अन्य खेलाडीबाट रोहितले राम्रो साथ पाउन नसकेपछि पराजित भयो।

मुम्बईका लागि टिम डेभिडले १३ रन जाडे। रोहितले ६३ बलमा ५ छक्का र १ ११ चौकासहित नटआउट १ सय ५ रन बनाए। चेन्नईका मतिशा पाथिरानाले ४ विकेट लिए। तुसार देशपाण्डे र मुस्ताफिजुर रहमानले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेटको क्षतिमा २ सय ६ रन बनाएको थियो। कप्तान ऋतुराज गायकवाड र शिभम दुबेले अर्धशतक बनाए।

रितुराजले ४० बलमा ६९ रन बनाए भने शिभमले ६६ रन जोडे। महेन्द्रसिंह धोनीले ४ बलमा तीन छक्कासहित २० रनको आक्रामक पारी खेले। रचिन रविन्द्रले २१ र र्डेल मिचेलले १७ रन बनाए।

मुम्बईका लागि हार्दिक पाण्ड्याले २, गेर्राड कोट्जी र श्रेयस गोपालले समान १ विकेट लिएका थिए। 

पाँचौं खेलमा चौथो खेल जितेको चेन्नई ८ अंकसहित दोस्रो स्थानमा छ। छैटौं खेलमा चौथो हार बेहोरेको मुम्बई ४ अंकसहित आठौं स्थानमा छ।

आइतबार नै भएको पहिलो खेलमा कोलकाता नाइटराइडर्सले लखनउ सुपरजायन्टलाई ८ विकेटले हराएको थियो।

३ बैशाख, २०८१, ०७:२०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।