भारतमा स्कुल बस पल्टिँदा पाँच विद्यार्थीको मृत्यु, १५ जना घाइते

भारतमा स्कुल बस पल्टिँदा पाँच विद्यार्थीको मृत्यु, १५ जना घाइते

एजेन्सी : हरियाणाको महेन्द्रगढ जिल्लामा विद्यालय बस पल्टिँदा पाँच बालबालिकाको मृत्यु भएको छ। १५ जना घाइते भएका छन्।

घाइते भएका उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। स्थानीय निहाल अस्पतालका चिकित्सक डा. रवि कौशिक आफ्नो अस्पतालमा आएका २० जनामध्ये चार जनाको अस्पताल ल्याउनुअघि नै ज्यान गुमाएका थिए।

घाइतेमध्ये एक बच्चालाई भेन्टिलेटरमा राखिएकोको केही समयअपछि उनको उपचारको क्रममा मृत्यु भएको डा. कौशिकले बताए।

डा रवि कौशिकले भने, ‘हामी १५ जना बालबालिकाको ज्यान बचाउन सफल भएका छौँ। अहिले १५ बालबालिकाको अवस्था सामान्य छ। कतिपय बालबालिकालाई थप उपचारका लागि रिफर पनि गरिएको छ।’

समाचार एजेन्सी एएनआईका अनुसार बस महेन्द्रगढ जिल्लाको कनिना गाउँ नजिकै दुर्घटनामा परेको थियो। बसले जीआरएल स्कुलका विद्यार्थीलाई घर लैजाँदै थियो।

२९ चैत, २०८०, १२:२५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।