राप्रपाको ४० बुँदेमा १ बुँदे माग थपियो : 'गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्छ'

राप्रपाको ४० बुँदेमा १ बुँदे माग थपियो : 'गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्छ'

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्रीको राजीनामा मागेको छ।

राप्रपाले मंगलबार काठमाडौंको भृकुटीमण्डप, भद्रकाली लगायतका क्षेत्रमा गरेको प्रदर्शनलाई प्रहरीले तितरबितर गरिदिएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका हुन्।

राप्रपाले सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको भन्दै मंगलबार दिउँसो प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीका फोहरा र लाठीचार्ज गर्दा राप्रपाका कार्यकर्ताहरू घाइते भएका थिए।

 

कोणसभामा बोल्दै अध्यक्ष लिङ्देनले भने, 'गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनाका रूपमा राख्नेछौँ। आजबाट गृहमन्त्रीको राजीनामाको मत पनि राप्रपाले थपेर अघि लैजान्छ। ४० बुँदेमा १ बुँदे माग थपियो।'

उनले आजको आन्दोलन गणतन्त्र प्रतिको ‘टेस्ट’ भन्दै यो भन्दा कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्। राप्रपा कार्यकर्तालाई सिंहदरबारतर्फ अघि बढ्न खोज्दो प्रहरीले रोकेपछि प्रदर्शनकारीले गृहमन्त्री र सरकारविरुद्ध नाराबाजी गरेका छन्।

२७ चैत, २०८०, १५:२९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।