उप-निर्वाचन : उम्मेदवारहरूविरुद्ध उजुरी परेन, आज साँझ नामावली प्रकाशन हुँदै

उप-निर्वाचन : उम्मेदवारहरूविरुद्ध उजुरी परेन, आज साँझ नामावली प्रकाशन हुँदै

काठमाडौं : उप-निर्वाचनका लागि सोमबार उम्मेदवारको नामावली प्रकाशन हुँदैछ।

सोमबार साँझ ५ देखि ६ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।

आयोगको कार्यतालिकाअनुसार आइतबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय थियो।

तर, इलाम र बझाङका निर्वाचन कार्यालयका अनुसार निर्धारित समयभित्र कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेन।

अपराह्न ३ बजेपछि सोमबार अपराह्न ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ।

यसैगरी मंगलबार बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ।

२७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ।

उपनिर्वाचन हुने इलाम-२ मा २० र बझाङ १ (१)मा  १२ जनाले उमेदवारी दर्ता गराएका छन्।

२०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ।

२६ चैत, २०८०, ०८:१२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।