अर्काको नागरिकता दुरुपयोग गरेर तीन करोड ठगी, दुई जना पक्राउ

अर्काको नागरिकता दुरुपयोग गरेर तीन करोड ठगी, दुई जना पक्राउ

काठमाडौं : अर्काको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा राजन श्रेष्ठ र ईश्वरी पाण्डे रहेका छन्। श्रेष्ठ रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका थिए।

उनीहरूले जापान पठाइदिने भन्दै २ सय बढी व्यक्तिबाट करिब ३ करोड ठगेको प्रहरीले जनाएको छ।

नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी उनीहरूले नियोनी एजुकेशन कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्दै आएका थिए।

उनीहरूले नारायण बहादुर राई र पर्वराज पाण्डेको नाममा कन्सलटेन्सी चलाउँदै आएका थिए।

पुतलीसडकमा रहेको सोही कल्सलटेन्सीबाट अध्ययन तथा रोजगारीका लागि जापान पठाउने भनी ४ लाखदेखि ७ लाख रुपैयाँसम्म उठाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

नागरिकता धनी भने पठाओ चालक हुन्। उनले आफ्नो नागरिकता १५/१६ वर्ष अगाडि नै हराएको भनेर प्रहरीमा बयान दिएका छन्।

वैशाख २१, २०८१ शुक्रबार १३:०२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।