काठमाडौं क्यान्सर सेन्टरलाई महिलाहरूको स्तन क्यान्सर स्क्रिनिङ गर्ने मेमोग्राम मेसिन हस्तान्तरण

काठमाडौं क्यान्सर सेन्टरलाई महिलाहरूको स्तन क्यान्सर स्क्रिनिङ गर्ने मेमोग्राम मेसिन हस्तान्तरण

काठमाडौं :  भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरलाई रोटरी क्लब अफ ईचोन न्यमचियोन, कोरिया तथा रोटरी क्लब अफ बागमती-काठमाडौंले महिलाहरूको स्तन क्यान्सर स्क्रिनिङ गर्ने मेमोग्राम मेसिन हस्तान्तरण गरेको छ।

कोरियन तथा नेपालको रोटरी क्लबले ग्लोबल ग्राण्ड मार्फत मेमोग्राम (विशेष प्रकारको एक्स–रे प्रयोग गरी स्तन क्यान्सरको पहिचान गर्ने उपयुक्त विधि) मेसिन हस्तान्तरण गरेको हो।

रोटरी क्लब अफ ईचोनका पूर्व अध्यक्ष डा याङ जिओङ बुनको नेतृत्वसहितको टोलीले आज काठमाडौं क्यान्सर सेन्टर पुगेर एक कार्यक्रम गरी मेमोग्रम मेसिन हस्तान्तरण गरेको जनाइएको छ। 

डा याङ जिओङ बुनले यसको प्रयोगले महिलाहरुको स्तन क्यान्सरको संभावनाको जाँच गरी क्यान्सरको जोखिमबाट बच्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

मेसिन हस्तान्तरण कार्यक्रममा काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा सिमित सापकोटाले रोटरी क्लव अफ ईचोन न्यमचियोन, कोरिया तथा रोटरी क्लव अफ बागमती-काठमाडौं समाजसेवी तथा दाताहरुलाई आभार व्यक्त गरेका थिए भने सेन्टरका क्यान्सर रोग विशेषज्ञ डा सुवास पण्डितले रोटरी टिमलाई अस्पतालको सेवाको बारेमा जानकारी दिए।

कार्यक्रममा रोटरी क्लब अफ बागमती-काठमाडौंमा यादव खरेल र राजेश मणी घिमिरे लगायतको उपस्थिति थियो।

२५ चैत, २०८०, ०९:०६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।