आईपीएलमा आज राजस्थान र बैंग्लुरु भिड्दै, आँकडामा कुन टिम बलियो?

आईपीएलमा आज राजस्थान र बैंग्लुरु भिड्दै, आँकडामा कुन टिम बलियो?

काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल)मा शनिबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच खेल हुँदैछ।

खेल राजस्थानको जयपुरस्थित सवाई मानसिंह स्टेडियममा नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ।

राजस्थान सञ्जु सैमसन र बैंग्लुरु फाफ डु प्लेसिसको कप्तानीमा मैदानमा उत्रिन लागेका हुन्।

आईपीएलमा राजस्थान र बैंग्लुरुले ३० खेल खेलेका छन्। राजस्थान १२ र बैंग्लुरु १५ खेलमा विजयी हुँदा तीन खेल नतिजाविहीन भएको छ।

दुई टोलीबिच जयपुरमा ८ खेल भएका छन् जसमा दुवैले ४-४ ले जितेका थिए।

गत वर्ष जयपुरमा दुवै टोली भिड्दा घरेलु टोली ५९ रनमा अलआउट भएको थियो।

यस सिजन भने राजस्थानले खेलेका तीनवटै खेल जितेको छ। अर्कोतर्फ, बैंग्लुरुले ४ मध्ये ३ खेलमा हार बेहोरेको छ।

२४ चैत, २०८०, १४:०४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।