आईपीएल : शशांक सिंहको अर्धशतकीय इनिङमा गुजराजविरुद्ध पञ्जाबको रोमाञ्चक जित

आईपीएल : शशांक सिंहको अर्धशतकीय इनिङमा गुजराजविरुद्ध पञ्जाबको रोमाञ्चक जित

काठमाडौं : इन्डियर प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबारको खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्समाथि ३ विकेटको रोमाञ्चक जित निकालेको छ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको थियो।

जवाफमा पञ्जाबले १९.५ ओभरमा ७ विकेट गुमाउँदै दुई सय रनको लक्ष्य पूरा गर्यो। पञ्जाबका शशांक सिंहले २९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रनको अविजित इनिङ खेले।

आशुतोष शर्माले १७ बलमा ३ चौका र १ छक्कासहित ३१, शिखर धवन १, जोनी बेयरस्टो २२, प्रभसिम्रन सिंह ३५, साम करन ५ र सिकन्दर राजा १५ रनमा आउट भए।

गुजरातका नुर अहमदले २, आजमतुल्लाह ओमरजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकाण्डेले १-१ विकेट लिए।

त्यसअघि गुजरातका कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ८९ रनमा अविजित इनिङ खेले पनि जित्नलाई पर्याप्त हुन सकेन।

साई सुदर्शन २१ बलमा ६ चौकासहित ३३, राहुल टेवाटिया २३ र ऋद्धिमान शाह ११ रनमा आउट भए। पञ्जाब कागिसो रबाडाले २, हरप्रीत ब्रार र हर्षल पटेलले १-१ विकेट लिए।

आईपीएलको यो सिजनमा ४/४ खेल खेलेका गुजरात र पञ्जाबले समान २ जित र २ हार व्यहोरेका छन्। अंक तालिकामा पञ्जाब पाँचौं र गुजरात छैटौं स्थानमा छन्।

२३ चैत, २०८०, ०९:०१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।