सुदूरपश्चिम : नागरिक उन्मुक्ति पार्टी सांसदका कारण मुख्यमन्त्री शाहले दिए राजीनामा

सुदूरपश्चिम : नागरिक उन्मुक्ति पार्टी सांसदका कारण मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्।

उनले बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा पेस गरेका हुन्। 

बदलिएको राजनैतिक परिस्थितिले राजीनामा दिएको उनले बताए ।

उनले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी सांसद विभाजित भएर विश्वासको मत नपाउने देखिएपछि राजीनामा बुझाएका हुन्।

सुदूरपश्चिममा सरकार टिकाउन नाउपाको निर्णायक मत छ। केन्द्रमा अध्यक्ष रन्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीको झगडाको चपेटामा परेको पार्टीको असर सुदूरपश्चिम सरकारमा देखिएको हो। 

शाह आज विश्वासको मत लिने तयारी समेत गरेका थिए।

२२ चैत, २०८०, २१:१६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।