चार प्रदेशमा आज पनि मेघगर्जन र चट्याङसहित वर्षा

चार प्रदेशमा आज पनि मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भू-भागमा बिहीबार पनि वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार बिहान देशभर आंशिक बदली छ। दिउँसो पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भू-भागमा आंशिक बदली रहनुका साथै मौसम मुख्यतया सफा रहनेछ। 

कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। 

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा सामान्य हिमपातको सम्भावना छ।

२२ चैत, २०८०, ०७:११:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।