छ महिनादेखि जेलमा रहेका आपका नेता सञ्जय सिंह छुटे

छ महिनादेखि जेलमा रहेका आपका नेता सञ्जय सिंह छुटे

एजेन्सी : मदिरा नीति घोटालामा संलग्न रहेको आरोपमा छ महिनादेखि तिहाड जेलमा रहेका आम आदमी पार्टीका नेता तथा सांसद बुधवार रिहा भए। उनलाई सर्वोच्चले धरौटीमा रिहा गर्न आदेश दिएपछि बुधवार रिहा भएका हुन्।

जेलबाट बाहिर आए लगत्तै उनी यही केसमा जेलमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको घर गएर उनको श्रीमती सुनितासँग भेटे। त्यसपछि उनी आम आदमी पार्टीको कार्यालय गएर भेला भएका कार्यकर्ताहरूलाई सम्बोधन गरेका थिए।

उनले आम आदमी पार्टीका कुनै नेताले घोटाला नगरेको र बिजेपीले नक्कली मुद्दा बनाएर दुख दिएको दाबी गर्दै उनले यसबाट कोही नडराउने बताएका थिए।

अरविन्द केजरीवालसँगै मनिष सिसोदिया र सत्यन्द्र जैन मदिरा नीति घोटालाकै आरोपमा जेलमा छन्। भारतको प्रवर्तन निर्देशनालयले मनि लाउन्ड्रिक कानुन अनुसार आपका नेतामाथि अनुसन्धान गरिरहेको छ। 

२१ चैत, २०८०, ०१:०१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।