इलाममा रास्वपाको निर्वाचन सम्पर्क कार्यालय स्थापना

इलाममा रास्वपाको निर्वाचन सम्पर्क कार्यालय स्थापना

इलाम : माओवादी केन्द्रनिकट पत्रकार संगठन प्रेस सेन्टर नेपालबाट रास्वपा प्रवेश गरी टिकट पाएका मिलन लिम्बुले इलाम बजारमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेका छन्।

रास्वपाबाट उम्मेदवार लिम्बुले कार्यालयको उद्घाटन गरे। त्यसै क्रममा उनले आमनागरिकले रास्वपाबाट धेरै आशा र अपेक्षा राखेकाले उनीहरूको गुनासो सुन्न अनि निर्वाचनसम्बन्धी जानकारी उपलब्ध गराउन कार्यालय स्थापना गरिएको बताए।

उनले भने, ‘पुराना दलहरूको कार्यशैलीबाट आजित भएका मतदाता रास्वपाप्रति निकै उत्साहपूर्ण नजरले हेरिरहेका छन्। मतदाताको गुनासो सुन्नका लागि र पार्टीका अन्य गतिविधि अघि बढाउनका लागि सम्पर्क कार्यालय स्थापना गरिएको हो।’

यसैगरी रास्वपाका उम्मेदवार लिम्बुले बुधबार इलामलाई आफ्नो कार्यक्षेत्र बनाई काम गरी रहेका पत्रकारहरूसँग पनि भेटघाट तथा अन्तरक्रिया गरेका छन्।

पार्टीका काम तथा गतिविधिहरूलाई जनतासम्म पुर्याउन सञ्चारमाध्यम र पत्रकारको अहम् भूमिका भएकाले आफ्नो कर्ममा निष्ठापूर्वक लाग्न अनुरोध गरे।

२१ चैत, २०८०, १२:४९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।