त्रिशुलीमा ट्याक्सी खस्यो, एक बालकसहित पाँच जनाको मृत्यु

त्रिशुलीमा ट्याक्सी खस्यो, एक बालकसहित पाँच जनाको मृत्यु
तस्विरः विनोद श्रेष्ठ

काठमाडौं : काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी मुग्लिन नजिकै त्रिशुली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ।

शनिबार बिहान सात बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशुली नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापाका अनुसार दुर्घटना स्थलबाट पाँच जनाको शव फेला परे पनि परिचय खुलेको छैन।

‘एक बालक सहित तीन महिला र एक पुरुषको शव भेटिएको छ,’ थापाले भने, ‘ट्याक्सीमा कतिजना सवार थिए सोबारे यकिन गर्दैछौँ।’

१७ चैत, २०८०, ०९:०७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।