२५ लाख रूपैयाँ राशीको खोजमूलक पत्रकारिता पुरस्कारको लागि आवेदन माग

२५ लाख रूपैयाँ राशीको खोजमूलक पत्रकारिता पुरस्कारको लागि आवेदन माग

काठमाडौं : बारबरा फाउन्डेसनले प्रत्येक २ वर्षको अन्तरमा प्रदान गर्दै आएको बारबरा फाउन्डेसनले यस वर्षको खोजमूलक पत्रकारिता पुरस्कारको लागि आवेदन माग गरेको छ।

२०७९ वैशाखदेखि २०८० चैतसम्म २४ महिनाभित्रमा प्रकाशन र प्रशारण भइसकेका अनुसन्धानमूलक समाचार र सामग्रीले यस प्रतिस्पर्धामा भाग लिन पाउने फाउन्डेसनले जनाएको छ।

उक्त पुरस्कार पहिलो हुनेलाई १५ लाख , दोस्रो हुनेलाई ७ लाख र तेस्रो हुनेलाई ३ लाख प्रदान गरिनेछ।

पुरस्कारको घोषणा आउँदो वैशाख २१ मा गरिनेछ।

प्रतिस्पर्धामा आउने सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडियो, पोडकास्ट वा डिजिटल पोर्टलमा प्रकाशित र प्रसारित हुनुपर्ने फाउन्डेसनले जनाएको छ। यस्ता सामग्री बारेको आवेदन जो जसले दिए पनि प्रकाशक, पत्रकार, दर्शक, स्रोता वा पाठक स्वीकार्य हुने जनाइएको छ।

आवेदकले आफ्नो लेख रचना समाविष्ट गर्दा परिचय स्पष्ट रुपमा खुल्नुपर्नेछ।

१५ चैत, २०८०, २०:५६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।