इलाम-२ मा रास्वपाबाट माओवादी पृष्ठभूमिका मिलन लिम्बु उम्मेदवार

इलाम-२ मा रास्वपाबाट माओवादी पृष्ठभूमिका मिलन लिम्बु उम्मेदवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेर प्रचारमा समेत हिँडिसकेका मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीले प्राइमरी इलेक्सनबाट उम्मेदवार चयन गर्ने भन्दै ६ जनाको नाम सार्वजनिक गरेको थियो।

बिहीबार भएको छलफलमा लिम्बुलाई समर्थन गर्ने भन्दै अन्य उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएको विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ। इलाम-२ मा उपनिर्वाचन हुने भएपछि लिम्बुले राजनीतिमा सक्रिय हुने तयारी गरेका थिए।

उनी यस अगाडि पत्रकारितामा सक्रिय थिए। उनी राजनीतिक रूपमा माओवादी केन्द्रमा संलग्न रहे पनि स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका थिए। जनजाति पत्रकार महासङ्घका महासचिव रहेका उनको नेतृत्वमा नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले महासङ्घका अध्यक्षहरूबारे प्रकाशित पुस्तक च्यातेका थिए।

यस अगाडि तनहुँसहित तीन स्थानमा भएको निर्वाचनमा रास्वपाले चितवनमा पार्टी अध्यक्ष रवि लामिछानेलाई उम्मेदवार बनाएको थियो। तनहुँमा नेपाली कांग्रेसमा सक्रिय रहेका स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको थियो भने बारामा आफ्नै दल खोलेर सक्रिय भएका रमेश खरेल उम्मेदवार बनेका थिए।

१५ चैत, २०८०, १८:४०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।