लन्डन लैजाने तयारीमा रहेको १५ केजी चरेस विमानस्थलबाट बरामद

लन्डन लैजाने तयारीमा रहेको १५ केजी चरेस विमानस्थलबाट बरामद

काठमाडौं : विदेश लैजाने तयारीमा रहेकाे अबस्थामा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध १५ किलो ग्राम चरेस बरामद गरेको छ।

मङ्गलबार बरामद गरिएको चरेस आज सार्वजनिक गरिएको हो।

विमानस्थल भन्सार कार्यालयको एक्स-रे मेसिनबाट प्रहरीले कार्गो चेक जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागिएको एआरए एमइएक्स कुरियरको १८ वटा फोटो फ्रेमभित्र लुकाई-छिपाई ल्याइएको अवस्थामा चरेस फेला पारी बरामद गरिएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार बरामद गरिएको चरेस थप आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको छ।

१४ चैत, २०८०, १५:२६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।