भरतपुरमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुरमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर : चितवनको भरतपुरमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

मंगलबार दिउँसो दुई बजे बेनीघाटबाट माडी जाँदै गरेको ग१ख ६७३३ नम्बरको बसले बाटो काट्दै गरेको साइकल यात्री भरतपुर महानगरपालिका-२३ जगतपुर चोकका ४८ वर्षीय सूर्य गुरुङलाई ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते भएका गुरुङको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा बुधबार विहान १ बजेर २८ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

मृत्युपछि गुरुङको शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा राखिएको छ। साइकल र बससहित बस चालक प्रहरी नियन्त्रणमा छन्।

१४ चैत, २०८०, १०:२७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।