फोटो पत्रकारमाथि दिल्ली पुलिस आक्रमण, सेवानिवृत्त न्यायाधीशबाट उच्चस्तरीय छानबिनको माग

फोटो पत्रकारमाथि दिल्ली पुलिस आक्रमण, सेवानिवृत्त न्यायाधीशबाट उच्चस्तरीय छानबिनको माग

एजेन्सी : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विरोधमा प्रदर्शनको समाचार संकलनमा लागि पुगेका फोटो पत्रकारहरूमाथि दिल्ली पुलिसले आक्रमण गरेको छ।

दिल्ली प्रहरीको आक्रमणमा हिन्दुस्तान टाइम्सका फोटो पत्रकार सलमान अलीको कुहिनो भाँचिएको द हिन्दू पत्रिकाले जनाएको छ।

द हिन्दुसँग कुरा गर्दै उनले भने, ‘त्यहाँ ठूलो मात्रामा प्रहरी तैनाथ गरिएको थियो र उनीहरूले सञ्चारकर्मीसँग दुर्व्यवहार गरिरहेका थिए। एकजना पुलिसले हाम्रा साथी फोटो पत्रकारको कलर पनि समात्यो।’

घटनास्थलबाट खिचिएको तस्बिरमा दिल्ली पुलिसले इन्डिया टुडे समूहका फोटो पत्रकार अरुण ठाकुरको घाँटी न्याकेका छन्।

विभिन्न सञ्चारमाध्यमका फोटो पत्रकारमाथि भएका घटनालाई ध्यानमा राख्दै प्रेस क्लब अफ इन्डियाले विज्ञप्ति जारी गर्दै दिल्ली प्रहरीको आक्रमणको भर्त्सना गरेको छ।

प्रेस क्लबले आफ्नो विज्ञप्तिमा लेखेको छ, ‘यस विषयमा सेवानिवृत्त न्यायाधीशबाट उच्चस्तरीय छानबिनको माग गर्दछौँ। घटनाको छानबिन नहुँदासम्म आक्रमणकारी प्रहरीलाई तत्काल निलम्बन गरिनुपर्छ।’

१४ चैत, २०८०, ०८:२३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।