'इलाम र बझाङमा आफ्नै उमेदवार उठाउँछौँ, कसैले रोक्न सक्दैन'

'इलाम र बझाङमा आफ्नै उमेदवार उठाउँछौँ, कसैले रोक्न सक्दैन'

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नै उमेदवार उठाउने बताएका छन्।

सोमबार काभ्रेको बनेपामा आयोजित पार्टीको १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरूलाई शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीका तर्फबाट उमेदवार उठाउने तयारी भइरहेको बताएका हुन्।

उनले उपनिर्वाचनका लागि सम्भव भएसम्म अन्य दलहरूसँग सहकार्य गर्ने नभइ एक्लै चुनाव लड्ने मानसिकताका साथ पार्टीले तयारी गरिरहेको बताए।

उनले इलाममा उम्मेदवारी दिने विषयमा माओवादी केन्द्र र समाजवादी मोर्चाभित्र छलफल गर्ने भन्दै बझाङमा उमेदवार खडा गर्न कसैले रोक्न नसक्ने स्पष्ट पारे।

सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको छलफलका क्रममा पनि उपनिर्वाचनमा उमेदवार उठाउने जानकारी गराएको उनले बताए।

त्यस्तै, अध्यक्ष नेपालले राजनीतिक स्थायित्व, गलत प्रवृत्ति, संविधानको रक्षा गर्ने काममा पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको बताए।

१२ चैत, २०८०, १४:३०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।