उपत्यकामा होली विशेष प्रहरी सुरक्षा : २४१ सवारी चालक कारबाहीमा

उपत्यकामा होली विशेष प्रहरी सुरक्षा : २४१ सवारी चालक कारबाहीमा

काठमाडौं : होलीलाई लक्षित गर्दै काठमाडौंसहित देशभर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ।

यसक्रममा काठमाडौं उपत्यकामा आइतबार मध्यान्ह १२ बजेसम्म २४१ सवारी चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी जीवन कुमार श्रेष्ठले बताए।

दुई पांग्रे २३३ र आठ वटा चार पांग्रे सवारीसाधन चालक कारबाहीमा परेका हुन्।

एसएसपी श्रेष्ठका अनुसार लाइसेन्स नबोक्ने, मापसे गरेर सवारी चलाउने लगायत कारबाहीमा परेका हुन्।

काठमाडौंमा वसन्तपुर, दरबारमार्ग, सामाखुसी, ठमेल लगायत विभिन्न ठाउँमा होलीका कार्यक्रमहरू आयोजना गरिएका छन्। 

होलीलाई लक्षित गर्दै काठमाडौंसहित देशभर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ।

आइतबार विभिन्न ९० स्थानमा प्रहरी खटिएर नियमित सवारी चेकजाँच तथा ड्रोनबाट समेत निगरानी गरिने प्रहरीले जनाएको छ। होलीमा अवाञ्छित गतिविधि नगर्न र जथाभावी रङ नछ्याप्न प्रहरीको आग्रह छ।

सभ्य तरिकाले होली खेल्न प्रहरीले आव्हान गरेको छ। 

११ चैत, २०८०, १४:५८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।