दोलखामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, एक जना गम्भीर घाइते

दोलखामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, एक जना गम्भीर घाइते

चरिकोट : दोलखामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन्।

सिंगटी-गौरीशंकर सडक खण्डस्थित गौरीशंकर गाउँपालिका–५ सामेल भोर्लेमा नम्बर नखुलेको खाली ट्याक्टर दुर्घटना भएको हो।

सडकबाट अन्दाजी १८० मिटर तल खसेको ट्याक्टरमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा ट्याकटर चालक गौरीशंकर गाउँपालिका-५ तिनेखुका २३ वर्षीय बुद्धिबीर तामाङ र सोही ठाउँका ४३ वर्षीय अमृत तामाङको मृत्यु भएको छ।

सोही ठाउँ बस्ने अर्का १९ वर्षीय पेम्बा तामाङ भने गम्भीर घाइते भएका छन्। उनको शरीरको विभिन्न भागमा चोट लागेको छ। उनलाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर रेफर गरिएको छ।

ट्याक्टर साहु ३८ वर्षीय बद्री खड्कालाई ईलाका प्रहरी कार्यालय सिंगटीले नियन्त्रणमा लिएको छ।

१० चैत, २०८०, ११:३०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।