इन्डिया रोमिङ प्याकमा एनसेलको होली अफर

इन्डिया रोमिङ प्याकमा एनसेलको होली अफर

काठमाडौं : एनसेलले फागु पूर्णिमा अवसरमा होली अफर सार्वजनिक गरेको छ।

अफरअन्तर्गत एनसेलले ग्राहकलाई इन्डिया रोमिङ प्याकमा २५ प्रतिशत छुट दिएको छ। यो अफरमार्फत ग्राहकले अझ सुलभ शुल्कमा इन्डिया भ्रमणमा रहँदा सहजै सम्पर्कमा रहन सक्नेछन्।

चैत ९ बाट सञ्चालनमा आएको यो छुट योजनामा ग्राहकले करसहित १०० पर्ने इन्डिया रोमिङ प्याक ७५ रुपैयाँ सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ।

विविध प्रयोजनका लागि छिमेकी भारत भ्रमणमा बारम्बार जाने ग्राहकले यो प्याक लिएर आफ्नो दूरसञ्चार सेवा खर्चमा कटौती गर्न सक्छन्। यो प्याक सुचारु गरेपछि प्रतिदिन २५ का दरले ३ दिनसम्म रोमिङ सेवाको पहुँचबाट फाइदा लिन सकिन्छ।

ग्राहकले प्याकसहित तत्काल ५०० एमबी डेटा पाउनेछन्, जसले सामाजिक सञ्जाललगायतका माध्यममार्फत सम्पर्कमा सहिरहन मद्दत गर्नेछ। भ्वाइस र एसएमएस सेवाको शुल्कमा पनि छुट पाउँछन्।

यो प्याकमा इनकमिङ कल उठाउन र भारतमा कल गर्न पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट दिइने एनसेलले जनाएको छ।

यो प्याकले सीमावर्ती सहर जस्तै, वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगर, जनकपुरलगायत शहरबाट बारम्बार भारत भ्रमण गर्ने स्थानीय, साना व्यवसायी, यातायात मजदुरलगायत ग्राहकको रोमिङ सेवा मागलाई सम्बोधन गर्ने विश्वास कम्पनीको छ।

एनसेलले होली पर्व अवसरमा विशेष सन्देशमूलक भिडियो पनि सार्वजनिक गरेको छ।

९ चैत, २०८०, २१:०८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।