फेरि बढ्यो सुनको मूल्य, तोलाकै १ लाख २५ हजार नाघ्यो

फेरि बढ्यो सुनको मूल्य, तोलाकै १ लाख २५ हजार नाघ्यो

काठमाडौं : नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य फेरि बढेको छ।

मंगलबार हालसम्मकै उच्च १ लाख २६ हजार पुगेको सुनको मूल्यमा बुधबार १ हजार रुपैयाँ घटेको थियो।

तर, बिहीबार तोलामा ८ सय रुपैयाँले सुनको भाउ बढेर आएको छ।

हिजो प्रतितोला १ लाख २५ हजार रुपैयाँमा झरेको छापावाला सुन बिहीबार १ लाख २५ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आजका लागि महासंघले तेजावी सुन तोलामा १ लाख २५ हजार २ सय रुपैयाँ तोकेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५० रुपैयाँ बढेर १ हजार ५ सय १५ रुपैयाँ पुगेको छ।

फागुन महिनाको २६ दिनमा मात्रै नेपाली बजारमा ८ हजार ५ सय रुपैयाँले सुनको भाउ बढेर मूल्यमा नयाँ रेकर्ड राखेको छ।

१ चैत, २०८०, ११:१४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।