मोटरसाइकललाई ठक्कर दिएर बोलेरो फरार, चालकको मृत्यु

मोटरसाइकललाई ठक्कर दिएर बोलेरो फरार, चालकको मृत्यु

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका-६ प्रेमबस्तीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा ना १७ प ७३१३ नम्बरको मोटरसाइकलका चालक पर्साको वीरगञ्ज महानगरपालिका–३ घर भई हाल भरतपुर महानगरपालिका-६ बस्ने ४० वर्षीय अमर महतो रहेका छन्।

बोलेरोको नम्बर अहिलेसम्म खुलेको छैन। ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा राति साढे १२ बजे मृत्यु भएको हो।

मोटरसाइकल प्रहरी नियन्त्रणमा छ भने बोलेरोको खोजी भइरहेको छ।

२५ फागुन, २०८०, ०९:२८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।