अर्थमन्त्रीमा पुन आएपछि नेप्सेमा उतारचढाव, बिहीबार दोहोरो अंकमा सुधार

अर्थमन्त्रीमा पुन आएपछि नेप्सेमा उतारचढाव, बिहीबार दोहोरो अंकमा सुधार

काठमाडौं : अर्थमन्त्रीमा वर्षमान पुन आएसँगै बिहीबार नेप्सेमा तीब्र उतारचढाव देखिएको छ।

साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको छ। नेप्से १३.५१ अंकले बढेर २०३०.५५ को विन्दुमा पुगेको छ।

यस दिन ३०९ धितोपत्रका ८९ लाख २९ हजार १५२ कित्ता सेयर तीन अर्ब १९ करोड ९२ लाख पाँच हजार ८२० रुपैयाँमा किनबेच भएको हो। १३ उप-समूहमध्ये १० वटाको समूहगत सूचक बढेको छ।

तीन वटाको समूहगत सूचक घटेको छ।

पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। एनआईसी एसिया ग्रोथ फन्ड-२ को सेयर मूल्य सर्वाधिक ६.२१ प्रतिशतले घटेको छ।

अर्थमन्त्री पुनले सपथ लिएसँगै लगानीकर्ताको मनोबल बढाउने गरी काम गर्ने बताएपछि लगानीकर्ताहरू उत्साहित देखिएका छन्।

विगतको जस्तो नभई यसपटक लगानीकर्ताको हितमा काम गर्ने अर्थमन्त्रीको अभिव्यक्तिपछि बजार सकारात्मक बन्ने लगानीकर्ताको अपेक्षा छ।

२४ फागुन, २०८०, १५:५७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।