कोटेश्वर भेटपछि ओली : ‘माधवजीलाई रुघा लागेको रहेछ, स्वास्थ्य लाभको कामना गर्न आएको थिएँ’

कोटेश्वर भेटपछि ओली : ‘माधवजीलाई रुघा लागेको रहेछ, स्वास्थ्य लाभको कामना गर्न आएको थिएँ’

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको वार्ता सकारात्मक भएको बताएका छन्।

उनले अध्यक्ष नेपाललाई सत्ता गठबन्धनमा ल्याउनेबारे सकारात्मक छलफल भएको बताए।

मंगलबार राति नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले देशको परिस्थितिबारे छलफल भएको बताए।

उनले भने, ‘माधवजीलाई रूघाखोकी लागेको रहेछ। ज्वरो आएको रहेछ। म त उहाँको स्वास्थ्य बुझ्न हेर्न बुझ्न र स्वास्थ्य लाभको कामना गर्न आएको थिएँ। अब आइसकेपछि देशको परिस्थितिबारे पनि यसो छलफल चल्नु स्वाभाविक हो।’

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले नेता विष्णु पौडेल, शंकर पोखरेल पनि थिए।

२२ फागुन, २०८०, २१:४८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।