सत्ताबाट बाहिरिएपछि पहिलो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

सत्ताबाट बाहिरिएपछि पहिलो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्दैछ।

बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ३ बजेका लागि बोलाइएको छ।

देउवाले सोमबार बिहानका लागि बोलाएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक राजनीतिक ‘उथलपुथल’का कारण बस्न सकेको थिएन।

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाएपछि कांग्रेस सहितको गठबन्धन टुटेको थियो।

संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले प्रधानमन्त्री दाहालबाट धोका भएको बताएका थिए। सत्ताबाट बाहिरिएसँगै उनले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।

बैठकमा सत्ताबाट बाहिरिएपछिको विशेष परिस्थिति र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

२२ फागुन, २०८०, ०७:२५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।