सशस्त्र प्रहरीमा ११ चिकित्सकसहित प्राविधिक पदमा दरखास्त आह्वान

सशस्त्र प्रहरीमा ११ चिकित्सकसहित प्राविधिक पदमा दरखास्त आह्वान

काठमाडौं : सशस्त्र प्रहरी बलले ११ जना चिकित्सकसहित स्वास्थ्यतर्फका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको छ।

रिक्त रहेका प्राविधिक पदहरूमा शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सशस्त्रले दरखास्त आह्वान गरेको हो।

प्राविधिक समूहतर्फ नायव निरीक्षकदेखि प्रहरी निरीक्षकसम्मका लागि खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको छ।

जसअनुसार चिकित्सक ११ जना, बीडीएस ३ जना, स्टाफ नर्स ५ जना, ल्याब टेक्निसियन २ जना, साइकोथेरापिस्ट १ र रेडियोग्राफर २ जनाका लागि दरखास्त आह्वान भएको छ।

सशस्त्रले योग्यता पुगेका नेपाली नागरिकले चैत १८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने जनाएको छ।

१८ फागुन, २०८०, ०८:३६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।