४५ किलो चरेस र ३८ किलो गाँजासहित छ जना पक्राउ

४५ किलो चरेस र ३८ किलो गाँजासहित छ जना पक्राउ

काठमाडौं : मकवानपुरको भिमफेदी गाउँपालिका-२ भैँसेबाट अवैध लागूऔषध चरेस ४५ किलो र गाँजा करिब ५ किलोसहित ३ जना पक्राउ परेका छन्।

थाहा नगरपालिका-८ आग्रा बस्ने ३० वर्षीय बिमल स्याङतान, कैलाश गाउँपालिका-१ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्र बहादुर घलान र भिमफेदी गाउँपालिका-१ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङ चरेर ओसारपसारमा संलग्न रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, ३२ किलो गाँजा बोकेर बिक्री गर्न हिँडिरहेका बारा, सिम्रौनगढ नगरपालिका-४ गंगानगरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोसहित रौतहट फतुवा विजयपुर नगरपालिका-३ बस्ने ५० वर्षीय रामानन्द साह समेत ३ जना पनि प्रहरी नियन्त्रणमा परेका छन्।

धादिङ, गल्छी गाउँपालिका-७ सिमबजारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित २ जना पनि पक्राउ परेका छन्। सोलामोदिन शेक र राम्जन आली पक्राउ परेका हुन्।

सर्लाही, लालबन्दी नगरपालिका-१ लखनदेही पुलस्थित सडकबाट ७ किलो बोकेर हिँडिरहेका भारतका छोटु पासवान पनि प्रहरीको नियन्त्रणमा परेका छन्।

१६ फागुन, २०८०, १२:४४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।