उच्च पहाडी स्थानमा हल्का हिमपातको सम्भावना

उच्च पहाडी स्थानमा हल्का हिमपातको सम्भावना
फाइल तस्बिर

काठमाडौं : देशका पहाडी भू-भागमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। 

उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति देशका पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। 

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।  

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ। 

१६ फागुन, २०८०, ०७:१३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।