तीन प्रदेशका उच्च पहाडी भेगमा हिमपातकाे सम्भावना

तीन प्रदेशका उच्च पहाडी भेगमा हिमपातकाे सम्भावना
फाइल तस्बिर

काठमाडौं : कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा अहिले आंशिकदेखि सामान्य बदली छ।

बाँकी भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा छिटफुटदेखि हल्का हिमपातको सम्भावना छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ।

१४ फागुन, २०८०, ०७:०७:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।