बागमती प्रदेश सभाको प्रदेशसभा अधिवेशन फागुन १५ गतेका लागि आह्वान

बागमती प्रदेश सभाको प्रदेशसभा अधिवेशन फागुन १५ गतेका लागि आह्वान

काठमाडौं : प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सभाको प्रदेशसभा अधिवेशन आह्वान गरेका छन्।

बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभा अधिवेशन आह्वान भएको हो।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बामोजिम प्रदेश सभाको तेह्रौं अधिवेशन आह्वाह गरिएको जारी प्रदेश सभा सचिवालयलाई पठाएको पत्रमा उल्लेख छ।

पत्रमा २०८० फागुन १५ गते मंगलबार दिनको ३ बजे बैठक बस्ने भनिएको छ।

११ फागुन, २०८०, १४:२७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।