पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा १८ जनाले दिए आवेदन

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा १८ जनाले दिए आवेदन

काठमाडौँ : पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि १८ उम्मेदवारले आवेदन दिएका छन्।

आवेदन दिनेमा तोयानारायण पौडेल, शुभनारायण पाठक, अनिलकुमार पोख्रेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजुकुमार थपलिया, विनोद पराजुली, देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, संजेशप्रसाद कोइराला, राजकुमार पोखरेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहाल छन्।

उपकुलपति चयनका लागि गठित सिफारिश समितिले गत माघ २३ गते १५ दिनको समय दिई उक्त पदमा आवेदन दिन सूचना जारी गरेको थियो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यस विश्वविद्यालयको उपकुलपति छनोट कार्यविधिअनुसार उम्मेदवारको आवेदन जाँचबुझ गरी अन्तवार्ता र प्रस्तुतीकरणका लागि अल्पसूची प्रकाशन गरिने छ। सिफारिश समितिको अध्यक्षता शिक्षामन्त्रीले गर्ने व्यवस्था छ।

यसअघि त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा ४३ जनाले आवेदन दिएकामा १४ जना अल्पसूचीमा परेकामध्ये ३ जनाको नाम सिफारिश समितिले प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डसमक्ष पेश गरिसकेको छ।

९ फागुन, २०८०, १९:५७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।