समानुपातिक सांसदविरुद्वको रिट निवेदन हेर्दाहेर्दैमा, अर्को पेशी तोकिएन

समानुपातिक सांसदविरुद्वको रिट निवेदन हेर्दाहेर्दैमा, अर्को पेशी तोकिएन

काठमाडौं : समानुपातिक सांसदहरूको योग्यतामाथि प्रश्न उठेको विवादमा सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गर्ने भएको छ।

समानुपातिक सांसदहरुको योग्यतामाथि प्रश्न उठाइएको रिट निवेदनमा बुधबार सर्वोच्च अदालतले अन्तिम सुनुवाइ थालेको हो।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सहित न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, प्रकाश कुमार ढुंगाना र सुष्मालता माथेमाको संवैधानिक इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्न आदेश दिएको हो। मुद्दाको अर्को पेशी भने तोकिएको छैन।

सिमान्तकृत, पिछडिएका र राज्यको मूल प्रवाहमा नरहेकाहरूलाई समानुपातिक सूचीमा राख्नुपर्नेमा सबैजसो दलहरूले प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न डराएका, यसअघि नै राजनीतिको मूल प्रवाहमा रहेकाहरूलाई समानुपातिक सांसद बनाएको भन्दै प्रश्न उठेको थियो।

त्यस विषयमाथि उत्पन्न विवादपछि अधिवक्ता बालकृष्ण न्यौपाने लगायतले रिट निवेदन दायर गरेका थिए।

९ फागुन, २०८०, १९:४४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।