समाजवादी मोर्चाको बैठक आइतबार बस्दै, के छन् एजेन्डा?

समाजवादी मोर्चाको बैठक आइतबार बस्दै, के छन् एजेन्डा?

काठमाडौं : समाजवादी मोर्चाको बैठक आइतबारलाई आव्हान भएको छ।

लामो समय निष्क्रिय देखिएको मोर्चाले अहिलेसम्म देशभर गरेका संगठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न आइतबार बिहान ९ बजे बैठक बोलाइएको हो।

एकीकृत समाजवादीको कार्यालयमा बस्ने बैठकले सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे छलफल गर्ने एकीकृत समाजवादीको कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेतृत्व गरिरहेको मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन्।

५ फागुन, २०८०, २१:१७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।