कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।

आगामी शनिबारदेखि गोदावरीमा हुन लागेको पार्टीकोे महासमिति बैठकको तयारीका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन्।

बिहीबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले महासमिति बैठकका एजेन्डाहरु तय गर्ने र बैठकमा प्रस्तुत गर्ने तयारी रहेका प्रतिवेदनहरु समेत पास गर्ने जनाइएको छ।

५ गतेदेखि ९ गतेसम्म हुने महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अलग–अलग प्रतिवेदनहरु पेश गर्ने कार्यसूची रहेको छ।

सूचना तथा सञ्चार विभागका प्रमुख मीन विश्वकर्माले पार्टीले महासमितिको बैठकको सम्पूर्ण तयारी पूरा गरिसकेको जानकारी दिए।

३ फागुन, २०८०, ११:२२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।