१५ लाख घुस लिएको अभियोगमा बनेपा-९ का वडाध्यक्षविरुद्ध अख्तियारमा मुद्दा दायर

१५ लाख घुस लिएको अभियोगमा बनेपा-९ का वडाध्यक्षविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौं : काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध १५ लाख घुस लिएको अभियोगमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बादेविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगको अनुसन्धानमा वडाध्यक्ष बादेले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

बादेविरुद्ध भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 3 को उपदफा (१) बमोजिमको कसुरमा बिगो १५ लाख रुपैयाँ कायम गरी कैद सजाय र बिगो बमोजिमको जरिवानासमेत माग गर्दै मुद्दा दायर भएको छ।
 

२७ माघ, २०८०, ०९:०२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।