सुदूरपश्चिम विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि दरखास्त आव्हान

सुदूरपश्चिम विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि दरखास्त आव्हान

काठमाडौं : सुदूरपश्चिम विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि दरखास्त आव्हान गरेको छ।

उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट माघ २५ गते स्वीकृत कार्यविधिअनुसार शुक्रबार दरखास्त आव्हान गरिएको हो।

इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिमा उल्लेखित कागजातसहित अनुसूचीमा रहेको दरखास्त ढाँचामा १० दिनभित्र विश्वविद्यालय अनुदान आयोगमा दरखास्त पेश गर्नसक्ने सार्वजनिक सूचनामा उल्लेख छ।

कार्यविधि नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट र विश्वविद्यालय अनुदान आयोगमा छ।

२६ माघ, २०८०, ०९:५३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।