कलंकी नापी कार्यालयका सर्वेक्षकसहित दुई जना एक लाख घुस रकमसहित पक्राउ

कलंकी नापी कार्यालयका सर्वेक्षकसहित दुई जना एक लाख घुस रकमसहित पक्राउ

काठमाडौं : काठमाडौंको कलंकीस्थित नापी कार्यालयका कलंकी नापी कार्यालयका सर्वेक्षकसहित दुई जना एक लाख घुस रकमसहित पक्राउ परेका छन्।

सर्वेक्षक लक्ष्मी प्रसाद चौलागाईं र राजधानी लेखापढी सेवाका लेखापढी कर्मचारी नेत्रमणी पोखरेल एक लाख घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

चौलागाईं र पोखरेलले जग्गाको कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेपछि आयोगमा सूचना आएको थियो।

सूचनाका आधारमा टंगालस्थित प्रधान कार्यालयबाट खटिएको टोलीले चौलागाईं र पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यालयबाटै नियन्त्रणमा लिइएको हो।

२५ माघ, २०८०, ०७:२९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।