कतार एसियन कपको फाइनलमा, उपाधिका लागि शनिबार जोर्डनसँग भिड्दै

कतार एसियन कपको फाइनलमा, उपाधिका लागि शनिबार जोर्डनसँग भिड्दै

एजेन्सी : आयोजक कतार एएफसी एसियन कपको फाइनलमा पुगेको छ।

इरानलाई बुधबार ३-२ ले हराउँदै कतार अन्तिम दुईमा पुगेको हो। उपाधिका लागि कतारले अब शनिबार जोर्डनको सामना गर्नेछ।

अलमोएज अलिले ८२औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो।

चौथो मिनेटमै सरदार अजमोनको गोलबाट इरानले अग्रता लिएको थियो। १७औं मिनेटमा जेसिम गाबेर अब्दुलसालमले बराबरी गोल गोल गरेका थिए।

अक्रम अफिफ ४३ औं मिनेटमा गोल गर्दै पहिलो हाफमै कतारलाई २–१ ले अगाडि बढेको थियो। अलिरेजा जाहानबाक्सले पेनाल्टीमा ५१औं मिनेट बराबरी गोल गरे।

१३ मिनेट थपिएको इन्ज्युरी समयको तेस्रो मिनेटमा इरान १० खेलाडीमा सीमित भएको थियो। सोजे खालिजाडेह रातो कार्ड पाउँदै मैदान छाड्नुपरेको थियो।

२५ माघ, २०८०, ०६:४५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।