नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।

अहिले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

देशैभरि समुदायमा कांग्रेस अभियान चलिरहेको र नेताहरू जिल्ला–जिल्ला पुगेका बेला सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन्।

केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको सन्दर्भमा शोक प्रस्ताव पारित गर्न आकस्मिक बैठक बोलाइएको पौडेलले बताए।

२३ माघ, २०८०, १०:२२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।