साफ यू-१९ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

साफ यू-१९ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

काठमाडौं : बङ्गलादेशमा जारी साफ यू-१९ महिला च्याम्पियनसिपको तेस्रो तथा समूहको अन्तिम खेलमा नेपालले आज भारतविरुद्ध खेल्दैछ।

ढाकाको मुस्ताफा कमल रंगशालामा खेल नेपाली समय अनुसार अपरान्ह ३ बजे सुरु हुनेछ।

यसअघि भएको दोस्रो खेलमा भुटानविरुद्ध नेपाल १-० गोल अन्तरले विजयी भएको थियो। उक्त खेलमा नेपालका तर्फबाट सेनु परियारले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो।

प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो।

एक खेलमा हार र एकमा जित निकालेको नेपाल फाइनलमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रिदैछ।

दुई खेल खेलेको नेपालको मात्र ३ अंक छ। आजै हुने अर्को खेलमा भुटानले आयोजक बंगलादेशको सामना गर्नेछ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानले सहभागिता जनाएका छन्। सहभागी चार टोली मध्ये शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

२३ माघ, २०८०, ०९:१८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।