कांग्रेस संसदीय दलको बैठक आज बस्दै

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ।

आगामी सोमबारदेखि हिउँदे अधिवेशन आह्वान भएकाले त्यसको तयारीका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

बैठकमा अन्य समसामयिक राजनीतिक विषयहरू र सरकारका काम कारबाहीका विषयमा समेत छलफल हुनेछ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठक अपराह्न २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने जानकारी दिए।

उनका अनुसार हिउँदे अधिवेशनका कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुनेछ।

संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले भूमिका निभाउने विषयमा समेत बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।

१९ माघ, २०८०, ०९:२३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।