रोनाल्डो आवद्ध अल नासरसँग मेस्सीको मियामीको लज्जास्पद हार

रोनाल्डो आवद्ध अल नासरसँग मेस्सीको मियामीको लज्जास्पद हार

काठमाडौं : लियोनल मेस्सीको इन्टर मियामी क्लबले क्रिस्टियानो रोनाल्डो आवद्ध साउदी अरेबियाको अल नासार क्लबसँगको मैत्रीपूर्ण खेलमा लज्जास्पद हार बेहोरेको छ।

बिहीबार राति साउदी अरेबियाको किङ्गडम एरिनामा भएको खेलमा मियामीविरुद्ध अल नासारले‌ ६-० जित निकालेको हो। चोटका कारण रोनाल्डोले भने दर्शकदीर्घामा बसेर खेल हेरे, खेल्न गएनन्।

मेस्सी पनि‌ अन्तिम सात मिनेट मात्र खेले। ६-० को अवस्थामा पुगिसकेको खेललाई उनले फर्काउन सक्ने स्थिति नै थिएन। यद्यपि साउदीका दर्शकले मेस्सीको खेल साउदीमै प्रत्यक्ष हेर्ने मौका पाए।

अल नासरले खेलको १२ मिनेटभित्रै तीन गोल गरिसकेको थियो।

ब्राजिलियन खेलाडी टालिस्काले‌ व्यक्तिगत ह्याट्रिक पूरा गर्दा ओटाभियोले टोलीको लागि गोलको खाता खोलेका थिए।

त्यसपछि लापोर्टेले र मोहम्मद मारनले पनि एक-एक गोल थपे।

१९ माघ, २०८०, ०७:३३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।