गठबन्धन दलसँग सहकार्य गरेर गठबन्धनलाई नै कमजोर बनाउने एमालेको नीति छ : माधव नेपाल

गठबन्धन दलसँग सहकार्य गरेर गठबन्धनलाई नै कमजोर बनाउने एमालेको नीति छ : माधव नेपाल

काठमाडौँ : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनभित्र उलटफेर ल्याउने एमालेको प्रयास असफल भएको बताएका छन्।

आइतबारदेखि काठमाडौँमा सुरू भएको पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्तारुढ दलभित्रै सहकार्य गरेर आफ्नो पार्टीलाई कमजोर बनाउने एमालेको प्रयासलाई आफूहरूले असफल बनाएपछि राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले असफल भएको बताए।

उनले भने, 'कोशीमा गठबन्धनका भोट क्रस भएर कोशीमा एमालेको उम्मेदवारले जित्न सफल भएको छ। एमाले गठबन्धनमा रहेका दलहरूसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति लिएको छ।'

उनले सत्तारुढ दलहरू एकजुट भएर अघि बढ्दा पनि कोशी प्रदेशमा सत्तारुढ दलकै भोट क्रस भएर एमालेले एक सिट जित हासिल गरेको विषय अहिले सत्तारुढ दलभित्र र बाहिर पनि छलफलको विषय बनेको बताए।

उनले राष्ट्रिय सभाको निर्वाचनमा पनि एमालेले आफ्नो पार्टीलाई कमजोर बनाउने प्रयास गरेको आरोपसमेत लगाए।

'गठबन्धन दलसँग कुरा नमिलेपछि एमालेले राप्रपासँग गठबन्धन गर्न पुग्यो, त्यसैले यो निर्वाचनमा एमाले शुन्य हुनबाट जोगिएको छ', उनले भने 


 

१४ माघ, २०८०, १५:१०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।