नेपाल टेलिकमको पेमेन्ट गेटवे र सेक्युरिटी प्रिन्टिङ प्रेसका भ्रष्टाचार अभियुक्त सुनिल पौडेल र विकल पौडेल पक्राउ

नेपाल टेलिकमको पेमेन्ट गेटवे र सेक्युरिटी प्रिन्टिङ प्रेसका भ्रष्टाचार अभियुक्त सुनिल पौडेल र विकल पौडेल पक्राउ

काठमाडौँ : सेक्युरिटी प्रिन्टिङ्ग र पेमेन्ट गेट वे प्रकरणमा मुछिएका नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्।

सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे प्रकरणमा मुछिएका उनीहरू दुवै जनालाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो। उनीहरू दुवै यस प्रकरणमा भ्रष्टाचार मुद्दामा मुछिएका थिए।

नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना नै उनीहरूले विदेशी बैंकमा खाता खोलेर रकम जम्मा गरेको अख्तियारले बताएको छ।

गत असोज १५ मा अख्तियारले सुनिल पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रूपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसपछि २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रूपैयाँ माग दाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो।

मुद्दा दायरपछि दुवै निलम्बनमा थिए।

मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको, स्रोत–साधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंकामा उनीहरू थप छानबिनमा तानिएका थिए। सोही क्रममा अख्तियारको टोलीले पक्राउ गरी हिरासत राखेको जानकारी दिएको छ।

अख्तियार टोलीले दुवै जनाको निवासमा छापा मारेर कागजात नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

सम्बन्धित समाचार

१० माघ, २०८०, १७:५९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।