भारतमा राम मन्दिरको प्राण प्रतिष्ठा भोलि, राजविराजमा सार्वजनिक बिदा

भारतमा राम मन्दिरको प्राण प्रतिष्ठा भोलि, राजविराजमा सार्वजनिक बिदा

काठमाडौं : भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका दिन सप्तरीको राजविराज नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

कार्यवाहक नगरप्रमुख इसरत परविनले सूचना जारी गर्दै प्राण प्रतिष्ठाको दिन भोलि राजविराज नगरपालिका मातहतको सबै निकायमा बिदा रहेको जनाएकी छन्।

रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन भएकाले नगरपालिका भित्रको घरघर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्न समेत उनले आग्रह गरेकी छन्।

‘यस दिन राजबिराज नगरपालिका भित्र कुनै पनि पशुपंक्षी, जीवजन्तू आदिको बध, मदिरा, माछा, मासुको बिक्री वितरण लगायतका काॠ नगरिदिनु हुन यहाँका सबै सरोकारवालाहरू तथा व्यवसायीहरूमा यसै सूचनाद्वारा सूचित गरिन्छ’, सूचनामा भनिएको छ।

७ माघ, २०८०, १५:४८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।