छानबिन समितिको निष्कर्ष- बरहथवामा हवल्दारले चलाएकै गोलीले जयशंकरको मृत्यु, ती प्रहरीलाई सेवाबाट हटाउनु

छानबिन समितिको निष्कर्ष- बरहथवामा हवल्दारले चलाएकै गोलीले जयशंकरको मृत्यु, ती प्रहरीलाई सेवाबाट हटाउनु

 

काठमाडौं : सर्लाहीको बरहथवामा भएको घटनामा एक जनाको ज्यान ज्यानेगरी गोली चलाउने प्रहरी वरिष्ठ हवल्दारलाई सेवाबाट हटाउन सिफारिस गरिएको छ।

पुस २० गते भएको घटना छानबिन गर्न गठित समितिले ती हवल्दारलाई सेवाबाट हटाउन सिफारिस गरेको हो।

घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले सोसम्बन्धी प्रतिवेदन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाइसकेको छ।

गृहका प्रवक्ता नाराणप्रसाद भट्टराईका अनुसार समितिले हिजो प्रतिवेदन बुझाउँदै इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डीएसपी गंगा थापालाई त्यहाँबाट फिर्ता बोलाउन समेत सिफारिस गरेको छ।

प्राथमिक स्वास्थ्य केन्द्रको विषयलाई लिएर विवाद हुँदा प्रहरीको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो। ती हवल्दारले चलाएकै गोलीका कारण उनको मृत्यु भएको समितिको निष्कर्ष छ।

१ माघ, २०८०, १६:१६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।